नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
    एकीकृत जाँचचौकीको शुभारम्भ   

    एकीकृत जाँचचौकीको शुभारम्भ   

काठमाडौँ, ७ माघ : प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गर्नुभएको छ ।    

प्रधानमन्त्री ओलीले सिंहदरबार र उहाँका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गर्नुभएको हो । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो ।    

विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने छ ।रासस    
  

 

२१ Jan २०२० , १:१२pm
हाम्रो आवाज