नेपाली समय:

वि.सं २०८१ जेठ ६   आइतबार

EnglishEN
अजिङ्गरको उद्धार  

अजिङ्गरको उद्धार  

धनगढी, ११ पुस : धनगढी बजारको मध्य भाग हुँदै बग्ने कैलाली खोलाबाट बिहीबार दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलाबाट साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको डिभिजन वन कार्यालय कैलालीका जिल्ला वन अधिकृत रामचन्द्र कँणेलले बताउनुभयो ।    
    
अजिङ्गरको बासस्थानको रूपमा रहेको स्थानीय खुटिया सामुदायिक वन क्षेत्रमा लगेर छोडिएको कँणेलले जानकारी दिनुभयो । स्थानीय सर्वसाधारणले उक्त खोलामा अजिङ्गर देखेपछि वन कार्यालयमा खबर गरेका थिए ।    
   

२७ Dec २०१९ , १०:४९am
हाम्रो आवाज