नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
   मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु   

   मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु   

राजविराज, ७ माघ :  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ ।    
    
मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हँुदा उहाँको निधन भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । रासस    
 

२१ Jan २०२० , १०:०४am
हाम्रो आवाज