
बैशाख -१४
काठमाडौँ: काठमाडौँको बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको छ।
आइतबार बानेश्वरमा प्रहरीको घेरा तोडेर अगाडी बढ्ने प्रयास शिक्षकहरुले गरेपछि झडप भएको काडमाडौँ जिल्ला परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताएका छन ।
शिक्षकहरु आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ। प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको छ। त्यसबाट ७ जना शिक्षक घाइते भएको पनि एसपी बोहराले बताएका छन।