कार्तिक-२९
काठमाडौँ-मधेस प्रदेश सभाका पाँच जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउत ईशरले बदर गरिदिएकी छन् ।
उनले सूचना जारी गरेर पदमुक्त भएका भनिएका पाँच जना प्रदेश सभा सदस्यको कारबाही बदर भएको जनाएकी छन् ।
आफूविरुद्ध प्रदेश सभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेश सभाका पाँच सांसदलाई पदमुक्त गरेका थिए ।

