काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना संक्रमित भएका छन् ।
डा. भट्टराईले ट्वीटरमार्फत् दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन। शुक्रबार भएको पी. सी. आर परीक्षणमा । दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।
भट्टराईले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन आग्रह गरेका छन । बाबुरामले आफूहरू चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेको जानकारी समेत गराएका छन्।
‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्ट भएको छ’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो। चिकितको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’