नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
भट्टराई दम्पत्ति मा कोरोना संक्रमण पुष्टि

भट्टराई दम्पत्ति मा कोरोना संक्रमण पुष्टि

काठमाडौँ :  जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना संक्रमित भएका छन् ।


डा. भट्टराईले ट्वीटरमार्फत् दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन। शुक्रबार भएको पी. सी. आर परीक्षणमा ।  दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

भट्टराईले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन आग्रह गरेका छन । बाबुरामले आफूहरू चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेको जानकारी समेत गराएका  छन्।

‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्ट भएको छ’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो।  चिकितको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’
 

२४ Oct २०२० , ४:२४pm
हाम्रो आवाज