बैशाख : -१९, नेपालगन्ज - बाँकेमा दिनहु बढी रहेको कोरोना संक्रमणको कहाली लाग्दै गरेको समय मा केही दिन देखि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुने को संख्या समेत बढ्दै गएको छ ।
आइतबार बाँकेमा१४ महिनाको बालक सहित १४२ जना महिला र १६३ जना पुरुष गरि जम्मा ३०५ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले ले जानकारी दिएका छन् ।
यस्तै शनिबार बाँकेमा १११ वर्षिय वृद्धा महिला सहित १०६ महिला र १४४ पुरुष गरेर २५० जनाले कोरोना निको भइ डिस्चार्ज भएका थिए ,भने यस अघि पनि निरन्तर संक्रमण मुक्त भई डिस्चार्ज हुने को संख्या बढेको छ ।
केहि दिन देखि संक्रमण मुक्त हुने को संख्या मा भइरहेको बृद्धि ले आम नागरिक ले खुशि व्यक्त गरेका छन । कोरोना सँग को लडाई मा यस खाले सुखद समाचार ले बाँके बासी को मनोबल बढाउँदै थप ऊर्जा प्रदान गरेको बताएका छन ।