असोज-८, बाँके । भेरी अस्पताल नेपालगन्जमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रामा रोशन गाउँ पालिका १ अछाम का २६ वर्षिय पुरूष को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड- १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताएका छन ।
आज बिहान १० बजेतिर उपचारको क्रममा उहाँको मृत्यु भएको हो । यस का साथै कोरोना संक्रमणबाट बाँकेमा उपचारका लागि बाहिर जिल्लाबाट आएका ४ सय १७ जनाको मृत्यु भइसकेको छ ।