नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
लागु औषध ब्राउनसुगरसहित  दुई जना पक्राउ

पुष २८, बाँके । नेपालगन्ज जमुनाह नाकाबाट लागु औषध ब्राउनसुगरसहित  दुई जना पक्राउ गरिएका छन ।

पक्राउ पर्नेमा दाङ उपमहानगरपालिका १३ का ३६ बर्षीय अरुण रोका मगर  र  तिलोत्तमा  नगरपालिका ७ रुपन्देहीका २२  बर्षीय सिद्धार्थ पाण्डे रहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टले जनाएका छन ।

जमुनाह नाकामा शंकास्पद तरिकाले हिँडिरहेका मगर र पाण्डेलाई चेकजाँचका क्रममा १६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी बाँके ले जनाएको छ ।पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

12 Jan 2022 , 2:47pm
हाम्रो आवाज