लागु औषध ब्राउनसुगरसहित दुई जना पक्राउ
पुष २८, बाँके । नेपालगन्ज जमुनाह नाकाबाट लागु औषध ब्राउनसुगरसहित दुई जना पक्राउ गरिएका छन ।
पक्राउ पर्नेमा दाङ उपमहानगरपालिका १३ का ३६ बर्षीय अरुण रोका मगर र तिलोत्तमा नगरपालिका ७ रुपन्देहीका २२ बर्षीय सिद्धार्थ पाण्डे रहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टले जनाएका छन ।
जमुनाह नाकामा शंकास्पद तरिकाले हिँडिरहेका मगर र पाण्डेलाई चेकजाँचका क्रममा १६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी बाँके ले जनाएको छ ।पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।