कार्तिक १४, बाँके । चोरी मुद्दामा सजाय पाएका तर हाल सम्म फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राऊ गरेको छ।
पक्राऊ पर्नेमा, बाँके बैजनाथ गाउँपालिका वडा नं २ का अर्जुन सुनार रहेका छ्न।
सुनार लाई चोरी मुद्दा मा दोषी ठहर गर्दै अदालतले १ महिना २९ दिन कैद र रू: ९००० जरिवाना तोकेको थियाे। सजाए पाएर फरार भएका सुनार लाई जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा पेश गरेको बाँके प्रहरीले जनाएको छ।