नेपाली समय:

वि.सं २०८१ जेठ ६   आइतबार

NepaliNP
शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा बाँकेबाट कुल १० हजार ९९१ विद्यार्थी सहभागी ।

 

बैशाख- १४

नेपालगंज -आज शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा बाँकेबाट विभिन्न २८ वटा परीक्षा केन्द्र मार्फत कुल १० हजार ९९१ विद्यार्थी सहभागी भएका छन् ।

यस परिक्षामा नौबस्ता स्थित बाल सुधार गृहबाट ६  जना , हिर्मिनिया स्थित जयेन्दु बाल सुधार गृहबाट  २५   जना र बांके कारागारबाट ४  जना विद्यार्थीहरू को पनि सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय बांकेले जनाएको छ ।

बाँकेका विभिन्न २८ वटा परीक्षा केन्द्रमार्फत् जिल्लाका १० हजार ९९१ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर बाँकेले जनाएको छ ।





 

 

 

 

26 Apr 2024 , 2:34pm
हाम्रो आवाज