शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा बाँकेबाट कुल १० हजार ९९१ विद्यार्थी सहभागी ।
बैशाख- १४
नेपालगंज -आज शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा बाँकेबाट विभिन्न २८ वटा परीक्षा केन्द्र मार्फत कुल १० हजार ९९१ विद्यार्थी सहभागी भएका छन् ।
यस परिक्षामा नौबस्ता स्थित बाल सुधार गृहबाट ६ जना , हिर्मिनिया स्थित जयेन्दु बाल सुधार गृहबाट २५ जना र बांके कारागारबाट ४ जना विद्यार्थीहरू को पनि सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय बांकेले जनाएको छ ।
बाँकेका विभिन्न २८ वटा परीक्षा केन्द्रमार्फत् जिल्लाका १० हजार ९९१ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर बाँकेले जनाएको छ ।