असार -६
काठमाडौ -भारतीय दूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा वृहत् योग प्रदर्शन गरेको छ ।
भगवान गौतम बुद्धको जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा बिहीबार योग प्रदर्शन भएको हो ।
यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय ‘स्वयम् र समाजका लागि योग’ रहेको थियो। जोखबहादुर महराको प्रमुख आथित्यतामा
कार्यक्रम भएको थियो ।