
भदौ-१
काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउॅपालिकाले हिजो वडा-५ थामेमा लेदोसहितको आएको बाढी हिमताल फुटेर आएको जनाइएको छ।
थामेमा आएको बाढीको हेलिकप्टरमार्फत स्थलगत निरीक्षण गर्दा पोखरी फुटेर बाढी आएको गाउँपालिकाले पुष्टि गरेको छ।
सोलुको थुलुङदूधकोशी गाउँपालिका वडा न. ७ का अध्यक्ष भोजराज कार्कीले थामे गाउँमाथि रहेको दुईवटा पोखरी फुटेर थामेखोला र दूधकोशी नदीमा पानीको बहाव बढेर बाढी आएको पुष्टि भएको बताएका छन।