नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
सोलुखुम्बुको थामेमा आएको बाढ़ी हिमताल फुटेर आएको पुष्टि,

सोलुखुम्बुको थामेमा आएको बाढ़ी हिमताल फुटेर आएको पुष्टि,

भदौ-१

काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउॅपालिकाले हिजो वडा-५ थामेमा लेदोसहितको आएको बाढी हिमताल फुटेर आएको जनाइएको छ। 

थामेमा आएको बाढीको हेलिकप्टरमार्फत स्थलगत निरीक्षण गर्दा पोखरी फुटेर बाढी आएको गाउँपालिकाले पुष्टि गरेको छ।

सोलुको थुलुङदूधकोशी गाउँपालिका वडा न. ७ का अध्यक्ष भोजराज कार्कीले थामे गाउँमाथि रहेको दुईवटा पोखरी फुटेर थामेखोला र दूधकोशी नदीमा पानीको बहाव बढेर बाढी आएको पुष्टि भएको बताएका छन।

१७ Aug २०२४ , २:२९pm
हाम्रो आवाज