
कार्तिक-१२
काठमाडौँ । माछापुच्छ्रे बैंकले ठूलो संख्यामा संसपक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न शेयरधनीको नाममा रहेको कुल १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आजका मितिले ७ दिनभित्र आवश्यक कागजातसहित माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा बाघदरबारस्थित जेडिए कम्प्लेसको तेस्रो तल्लामा आफूले किन्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।