नेपाली समय:

वि.सं २०८१ मंसिर ६   बिहीवार

NepaliNP
परीक्षा निरीक्षक द्वारा विद्यार्थीको भविष्यमाथि खेलवाड अनुत्तीर्ण विद्यार्थी पुनः उत्तीर्ण,

कार्तिक-२२

खोटाङ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षक द्वारा  उतीर्ण बिद्यार्थिलाई लापरवाही पुर्ण ढंगले गरिएको उत्तरपुस्तिका परिक्षणले अनुत्तीर्ण गराएको भन्दै उजुरी माथि छानबिन हुँदा पुनः सो बिद्यार्थी उत्तीर्ण भएका छन ।

 

सो छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो ।

7 Nov 2024 , 1:54pm
हाम्रो आवाज