परीक्षा निरीक्षक द्वारा विद्यार्थीको भविष्यमाथि खेलवाड अनुत्तीर्ण विद्यार्थी पुनः उत्तीर्ण,
कार्तिक-२२
खोटाङ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षक द्वारा उतीर्ण बिद्यार्थिलाई लापरवाही पुर्ण ढंगले गरिएको उत्तरपुस्तिका परिक्षणले अनुत्तीर्ण गराएको भन्दै उजुरी माथि छानबिन हुँदा पुनः सो बिद्यार्थी उत्तीर्ण भएका छन ।
सो छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ ।
केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो ।