कार्तिक-२३
काठमाडाैं । केहि दिन अघि नै सर्वाेच्च अदालतको न्यायाधीशको रूपमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको सर्वाेच्च अदालतको प्रवक्ता अच्युत कुइकेलले बताएका छन ।
न्याय परिषद्ले उनीहरूको नाम सिफारिस गरेपछि शुक्रबार संसदीय समितिमा सुनुवाइ भएको थियो । समितिले दुवैको नाम सर्वसम्मत अनुमाेदन गरेको हो ।