नेपाली समय:

वि.सं २०८१ पौष ७   आइतबार

NepaliNP
युक्रेनद्वारा पहिलोपटक रुसमाथि लामो दूरीको क्षेप्यास्त्र प्रहार,

मङ्सिर-५

युक्रेनले रुसको ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य शिविरमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसी सेनाले जनाएको छ । यो आक्रमण अमेरिकाले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो भएको रुसको दाबी छ ।

रुसी सैन्य मन्त्रालयका अनुसार ब्रयान्स्क क्षेत्रमा युक्रेनले ६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । युक्रेनले महिनौँदेखि अमेरिकासँग रुसमा आक्रमण गर्न  लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।

20 Nov 2024 , 7:58am
हाम्रो आवाज