युक्रेनद्वारा पहिलोपटक रुसमाथि लामो दूरीको क्षेप्यास्त्र प्रहार,
मङ्सिर-५
युक्रेनले रुसको ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य शिविरमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसी सेनाले जनाएको छ । यो आक्रमण अमेरिकाले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो भएको रुसको दाबी छ ।
रुसी सैन्य मन्त्रालयका अनुसार ब्रयान्स्क क्षेत्रमा युक्रेनले ६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । युक्रेनले महिनौँदेखि अमेरिकासँग रुसमा आक्रमण गर्न लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।