माघ-३
काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज गर्ने भनिएकाे पत्रकार सम्मेलन स्थगित भएको छ ।
हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए ।
तर, कार्यदलले काम पुरा नगरे पछि पत्रकार सम्मेलन सरेकाे हाे । अब पत्रकार सम्मेलन भाेली ३ बजे हुनेछ ।