
माघ-२२
काठमाडौँ- पाठेघरको मुखको क्यान्सर विरुद्दको एच.पि.भि खोप अभियान आजदेखि सुरू हुँदै छ ।आज माघ २२ देखि सुभारम्भ हुने यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ।
अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ ।
स्वास्थ्य सेवा विभागका अनुसार १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ।
यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ ।