नेपाली समय:

वि.सं २०८१ फाल्गुण १०   शनिवार

EnglishEN
पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप अभियान आजदेखि सुरू,

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप अभियान आजदेखि सुरू,

माघ-२२

काठमाडौँ- पाठेघरको मुखको क्यान्सर विरुद्दको एच.पि.भि खोप अभियान आजदेखि सुरू हुँदै छ ।आज माघ २२ देखि सुभारम्भ हुने यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ।

अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ ।

स्वास्थ्य सेवा विभागका अनुसार १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ।

यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ ।

४ Feb २०२५ , ७:४१am
असलम खान