
चैत-१३
काठमाडौं- यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ।
पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न हिमचुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन्। हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन्।