
भदौ-४
काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा जारी बैठकमा सत्तापक्षको पछिल्लो कदमबारे छलफल भइरहेको छ ।
उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने सत्ताधारी दलको पछिल्लो क्रियाकलापको विरोध गर्ने विपक्षीको तयारी छ ।
प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले सरकारको तानाशाही प्रवृत्तिको विरोध गर्ने तयारीस्वरूप बैठक बसेको बाह्रखरीलाई जानकारी दिए ।