नेपाली समय:

वि.सं २०८२ भाद्र ५   बिहीवार

EnglishEN
उपसभामुख सम्बन्धमा छलफलका लागि विपक्षी दलको बैठक सुरू

उपसभामुख सम्बन्धमा छलफलका लागि विपक्षी दलको बैठक सुरू

भदौ-४

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा जारी बैठकमा सत्तापक्षको पछिल्लो कदमबारे छलफल भइरहेको छ ।

 

उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने सत्ताधारी दलको पछिल्लो क्रियाकलापको विरोध गर्ने विपक्षीको तयारी छ । 

प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले सरकारको तानाशाही प्रवृत्तिको विरोध गर्ने तयारीस्वरूप बैठक बसेको बाह्रखरीलाई जानकारी दिए ।

१९ Aug २०२५ , ४:१७pm
हाम्रो आवाज