
भदौ-२४
काठमाडौं-काठमाडौँ, पोखरा लगायत देशका विभिन्न ठाउँमा जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएको छ ।
पोखरा र काठमाडौँका विभिन्न ठाउँमा कर्फ्यु जारी गरेपनि जेनजीको प्रदर्शन रोकिएको छैन। सुरुमा पोखरा महानगरपालिका कार्यालयमा आगजनी गरेको जेनजीको प्रदर्शनले क्रमबद्ध तरिकाले आगजनी गरिरहेको छ ।
नयाँ बजारमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको घर, एमाले गण्डकी र कास्कीको कार्यालय, पोखरा८ का वडा कार्यालय, मेयर धनराज आचार्यको घर, उनको भाइले सञ्चालन गरेको इभेन्ट सेन्टरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।