
भदौ-२६
रामेछाप - जिल्ला कारागार कार्यालय रामेछापमा कारागारबाट गेट तोडेर कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मी र कैदीबिच झडप हुँदा
२ जना कैदीबन्दीको मृत्यु भएको छ।
बिहीबार बिहान कारागारको गेट तोडेर कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मी र कैदीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। झडपपश्चात भाग्न खोजेका कैदीबन्दीलाई सेनाले रोक्ने प्रयास गरेको थियो ।
सोही क्रममा १२ जना कैदीबन्दी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको जनाइएको छ। घाइते कैदीबन्दीहरुको रामेछाप अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।