नेपाली समय:

वि.सं २०८२ भाद्र २७   शुक्रवार

EnglishEN
रामेछाप कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी बीच झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु,

रामेछाप कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी बीच झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु,

भदौ-२६

रामेछाप - जिल्ला कारागार कार्यालय रामेछापमा कारागारबाट गेट तोडेर कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मी र कैदीबिच झडप हुँदा

२ जना कैदीबन्दीको मृत्यु भएको छ।

बिहीबार बिहान कारागारको गेट तोडेर कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मी र कैदीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। झडपपश्चात भाग्न खोजेका कैदीबन्दीलाई सेनाले रोक्ने प्रयास गरेको थियो ।

 

सोही क्रममा १२ जना कैदीबन्दी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको जनाइएको छ। घाइते कैदीबन्दीहरुको रामेछाप अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

१४ घण्टा पहिले
हाम्रो आवाज