नेपाली समय:

वि.सं २०८२ मंसिर ६   शुक्रवार

NepaliNP
प्रधानमन्त्रीले बाेलाइन् राष्ट्रिय सुरक्षा परिषद् बैठक,

मङ्सिर-४ 

काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् ।

एमालेनिकट युवा संघका कार्यकर्ता र जेनजी समूहबिच बुधबार झडप भएसँगै स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू आदेश दिएको हो ।

बुधबारको घटनामा संलग्न सबैमाथि कारबाहीको माग राखेर बिहीबार बिहानैदेखि जेनजीले प्रदर्शन चर्काएपछि बिहीबार राति ८ बजेसम्मका लागि पुनः कर्फ्यू आदेश जारी गरिएको छ ।

देशका विभिन्न स्थानमा आगामी निर्वाचनलाई लक्षित गरी अराजक  गतिविधि फस्टाउन थालेपछि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्नेछ ।

16 hours
हाम्रो आवाज