प्रधानमन्त्रीले बाेलाइन् राष्ट्रिय सुरक्षा परिषद् बैठक,
मङ्सिर-४
काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् ।
एमालेनिकट युवा संघका कार्यकर्ता र जेनजी समूहबिच बुधबार झडप भएसँगै स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू आदेश दिएको हो ।
बुधबारको घटनामा संलग्न सबैमाथि कारबाहीको माग राखेर बिहीबार बिहानैदेखि जेनजीले प्रदर्शन चर्काएपछि बिहीबार राति ८ बजेसम्मका लागि पुनः कर्फ्यू आदेश जारी गरिएको छ ।
देशका विभिन्न स्थानमा आगामी निर्वाचनलाई लक्षित गरी अराजक गतिविधि फस्टाउन थालेपछि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्नेछ ।

