पुष -२९
काठमाडौँ -आज बिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको हो ।देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।आज तराईका केही ठाउँमा हुस्सु लागेको छ । सो सो दिउँसो पनि तराई का केही क्षेत्रमा हुस्सो तथा कुहिरो कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको भन्दा कम भएको छ । आजबिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।

