खुसीका साथ विजयादशमी मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह,
कार्तिक -४
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशमा आएको विनाशकारी बाढी र पहिरोजस्ता विपद्का बाबजुद पनि परिवार र इष्टमित्रहरूसँग खुसीका साथ विजयादशमी मनाउन आग्रह गरेका छन्।
बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै परराष्ट्रमन्त्री खनालले पछिल्लो समय देशमा आएको प्राकृतिक विपत्तिले नागरिकमा गहिरो पीडा र कठिनाइ ल्याएको उल्लेख गरेका छन्।

