नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
भारत सरकारले ट्रेन बोगीहरूको डिब्बामा तयार गर्यो एकै रातमा ६,३७० वेडको क्वारेन्टाइन

भारत सरकारले ट्रेन बोगीहरूको डिब्बामा तयार गर्यो एकै रातमा ६,३७० वेडको क्वारेन्टाइन

काठमाडौं, १६ चैत : कोरोन भाइरस (कोभिड१९)को संक्रमण नियन्त्रणका लागि भारत सरकारले एकै रातमा ६३७० वेडको क्वारेन्टाइन तयार पारेको छ । कोरोना भाइरससँग लड्न भारतीय रेलले ट्रेन बोगीहरूको डिब्बालाई आइसोलेशन कोच बनाएका हुन् । 

मुलुकमा कोरोना भाइरस बिरामीहरूको बढ्दो संख्यालाई ध्यानमा राख्दै, आउँदै गरेको समयमा थप आइसोलेशन केन्द्रहरूको आवश्यकता पर्न सक्छ । यस्तो अवस्थामा रेलवेलाई आइसोलेशन कोच बनाइएको हो ।

अस्पताल जस्ता सुविधा उपलब्ध
मध्य बर्थ एक साइडबाट हटाइएको छ । बिरामीको लागि केबिन तयार गर्न बिरामीको अगाडि सबै ३ वटा बर्थहरू हटाईएको छ । बर्थ चढ्न सबै सीढीहरू पनि हटाईएको छ ।

बाथरूम, कोरीडोर र अन्य ठाउँहरू पनि अलग कोचहरू तयार पार्न पुनः आकारहरू मिलाइएको छ । रेलवे कोचमा नुहाउनको लागि बाल्टिन र ह्यान्ड शावर प्रदान गरिएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण एक हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ ।

चाइनाको वुहानबाट फैलिएको कारोना भाइरसबाट बच्न यसअघि चाइना सरकारले १० दिन लगाएर १ हजार वेडको क्वारेन्टाइन निर्माण गरेका थिए ।
 

२९ Mar २०२० , ५:१४pm
हाम्रो आवाज