
अर्थमन्त्री खनाल र जापानका राजदूत माएदा तोरुबीच भेटवार्ता,
असोज-१२
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच भेटवार्ता भएको छ।
आज मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनाल र जापानी राजदूत तोरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापान ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको छ।